२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

राजनीतिक दलहरु लुकामारी खेल्दैछन् : दिनेशकुमार थपलिया

बुधवार , भाद्र ११, २०८२

  • 283
    Shares
  • 283
    Shares
  • काठमाडौं, ११ भदौ । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरुले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

    बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षा ः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । राजनीतिक दलहरु ऐनविपरित लुकामारी खेलेजसरी चलिरहेको उहाँको आरोप छ ।

    उहाँले राजनीतिक दलका केन्द्रिय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पती विवरण राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्ने ऐनमा व्यवस्था भएपनि कुनैपनि दलले त्यसको कार्यान्वयन नगरेको उल्लेख गर्नुभयो ।

    उहाँले आयोगलाई दलको कार्यालय छिर्ने अधिकार नभएकोले ऐन कार्यान्वयन गरे नगरेको अनुगमन गर्न पनि समस्या हुने गरेको बताउनु भयो । उहाँ राजनीतिक दलहरु नै ऐनविपरित चल्दा मुलुको विकास, सुशानस र संस्थागत उन्नतिका विषयमा गम्भीर असर परेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘राजनीतिक दलका केन्द्रीय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । कसैले पनि बुझाएको छैन । निर्वाचन आयोगले माग्दा सबैले बुझाएको छ भनेर पत्र लेख्छन् । त्यो कार्यालयमा छिर्ने अधिकार आयोगलाई हुदैन ।

    यसरी राजनीतिक दलहरु लुकामारी खेले जसरी चलिरहेका छन् । अब कहाँको सुशासन, कहाँको समृद्धि, कहाँको विकास र कहाँको संस्थागत उन्नति ? विनम्रतापूर्वक म अहिले पनि के अनुरोध गर्छु भने हामीले यी सबै कुराहरु समावेश गरेर कानून बनाएका छौं ।

    त्यो ऐनको ड्राफ्ट पठाउन भनेर पहल गर्नको लागि अनुरोध गर्छु । त्यो कानून पारित गर्न सक्यौं भने फेरी पनि यस्तमा विषयमा यो खाले छलफल गरिरहनु पर्दैन । बरु कार्यान्वयनका विषयमा छलफल गर्न सकिन्छ ।’

    उहाँले मुलुकको विकास र समृद्धिको दायित्व राजनीतिक दललाई भएको उल्लेख गर्दै उहाँले दलहरु मजबुत र संस्थागत नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको पनि बताउनु भयो ।