२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बुटवलमा विप्लव, घनश्याम र जनार्दनको उपस्थितिमा बिशेष कार्यक्रम हुँदै

बुधवार , भाद्र ११, २०८२

  • 442
    Shares
  • 442
    Shares
  • बुटवल, ११ भदौ । तीनजना कम्यूनिष्ट पार्टीका नेताहरुको सहभागीतामा बिहीबार रुपन्देहीको बुटवलमा वर्तमान राजनीतिक संकट र निकासका विषयमा छलफल हुने भएको छ । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जर्नादन शर्मा मुख्य वक्ता रहेर अन्तरक्रिया कार्यक्रम हुन लागेको हो । 
    सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालको आयोजनामा बिहीबार बिहान साढे ११ बजे एसियन होटल कालिकानगरमा कार्यक्रम हुने जनाइएको छ । 

    वर्तमान राजनीतिक संकट र निकासका बारेमा तीनजना नेताहरुले विशेष सम्बोधन गर्नुहुनेछ । कार्यक्रमले वर्तमान राजनीतिलाई दिशाबोध गर्ने भएकाले सहभागीताका लागि आयोजकले आग्रह गरेका छन् । 
    पछिल्लो समय तीन जना नेताहरुका विचमा निरन्तर संवाद र अन्तरक्रिया कार्यक्रमहरुमा एउटै मञ्चमा देखिन थालेका छन् ।

    वर्तमान राजनीतिक संकट गहिरिदै जादा तीन कम्यूनिष्ट पार्टीका वैचारिक नेताहरुको उपस्थितीमा हुने कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।