२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

एनआईसी एसिया बैंकका ग्राहकलाई एसियन बुद्ध होटलमा छुट

बिहिवार , भाद्र १२, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, १२ भदौ । एनआईसी एसिया बैंक लिमिटेडका ग्राहकलाई रुपन्देहीको भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले सेवासुविधामा छुट प्रदान गर्ने भएको छ । बैंक र होटलबीच बिहीबार भएको सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्डहोल्डर र मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्नेछ ।

    त्यसै गरी बैंकका कर्मचारीले पनि होटलका सेवासुविधामा १५ प्रतिशत छुट पाउनेछन्। यो सम्झौताको अवधि एक वर्षसम्मको लागि लागू हुनेछ ।

    सम्झौता–पत्र हस्तान्तरण कार्यक्रममा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, अपरेशन म्यानेजर जे.पी. सुवेदी, एनआईसी एसिया बैंकका बिजनेश प्रमुख सुरज पौडेल, भैरहवा शाखा प्रमुख शेषमणि पटेल, कर्जा अधिकृत महेश अर्याल र सिर्जना मरासिनीको उपस्थिति थियो ।

    चारतारे होटल एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवामा रहेको छ ।