२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

किसानलाई सरकारले करदाता र मतदाता मात्रै ठान्यो : हृदयेश त्रिपाठी

बिहिवार , भाद्र १२, २०८२

  • 286
    Shares
  • 286
    Shares
  • काठमाडौं, १२ भदौ । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको बताउनुभएको छ ।

    बिहीवार उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष त्रिपाठीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म किसान सरकारको प्राथमिकतामै नपरेको बताउनु भयो ।

    सबैले किसानलाई मत दिने र कर तिर्नेका रुपमा मात्रै बुझेको उहाँको दाबी छ । उहाँले किसान विभाजित भएका कारण पनि मारमा पर्ने गरेको बताउनु भयो । आफ्नो हक अधिकारका लागी एकजुट हुन पनि उहाँले किसानलाई आग्रह गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘राज्यले किसानलाई अहिलेसम्म प्राथमिकतामा राखेन । किसानलाई के ठान्यो भने करदाता र मतदाता । यिनी कर दिन्छन् र मत दिन्छन् । यो भ्रमले किसानलाई अहिलेसम्म सबैले बुझे ।

    अर्को एउटा किसानको समस्या के छ भने किसान हरेक आलीबाट नै विभाजित हुन्छन् । एकताको अभाव छ । जब हामी मार खान्छौ अनि एक हुन्छौँ । हामी एक भयौँ भने मार नै खाँदैनौँ । कुरो त्यहाँनिर छ । त्यसकारण यो विषयमा तपाईहरु अलिकति चिन्तन गर्नुहोला ।’

    उहाँले उखु किसानको माग पूरा गर्न सरकारले आलटाल गरिरहेको बताउनु भयो । विशेष गरेर अर्थ मन्त्रालयबाट समस्या उत्पन्न भएको उहाँको भनाई छ । उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माईतीघरमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।