२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

रास्वपाले भन्यो : कानूनी रुपमा लेखजंग थापाका दुई श्रीमती छैनन्

सोमवार , भाद्र १६, २०८२

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार डा. लेखजंग थापाको दुईवटा श्रीमती नभएको प्रष्ट पारेको छ । आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाबाट उम्मेदवार चयन भएपछि थापाले बहुविवाह गरेको भन्दै समाचार प्रकाशन भएका छन् । 

    पार्टीका महहामन्त्री कविन्द्र बुर्लाकोटीले डा. लेखजंग थापाले दुईवटा विवाह गरे पनि अहिले पहिलो श्रीमतीसँग सम्बन्धबिच्छेद गरेको जानकारी दिनुभयो । ‘लेखजंगजीको विषयमा बहुविवाहको मुद्दा छ भन्ने विषय उम्मेदवार छनौट प्रक्रियाका बेलामै आएको थियो, पार्टीको अफिसियल टीमले त्यस विषयमा सबै कुरा बुझेर र कानूनी रुपमा दुईवटा श्रीमती नरहेको प्रष्ट प्रमाणका आधारमा उम्मेदवार छनौट गरिएको हो, महामन्त्री बुर्लाकोटीले खबरपात्रोसँग भन्नुभयो–‘हामी यसमा किलियर छौं, उहाँका वहुविवाहको मुद्दा छैन । 

    डा.लेखजंग थापाले बहुविवाह गरेको भन्दै रास्वपा सचिवालय तहमा कुरा उठेको रास्वपाले जनाएको छ । थापाले सुलोचना घिमिरे पहिलो र नुमा शर्मासँग दोस्रो विवाह गर्नुभएको थियो । लेखजंगले पहिलो श्रीमती सुलोचना घिमिरेसँग सम्बन्ध बिच्छेद गरेको पार्टीले जनाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) डा. लेखजंग थापालाई बहुविवाहको उजुरीबीच रूपन्देही– ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको भन्दै विभिन्न खालका टिकाटिप्पणी आएका छन् ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अञ्चलपुरका लेखजंगलाई रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सनको मत र अरू प्रक्रियाका आधारमा आइतबार उम्मेदवार बनाउने घोषणा गरेको थियो ।