२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

नेपाल ईट्टा उद्योग महासंघको अध्यक्षमा अवाले

सोमवार , भाद्र १६, २०८२

  • 430
    Shares
  • 430
    Shares
  • भैरहवा, १६ भदौ । नेपाल ईट्टा उद्योग महासंघको १७ औं वार्षिक साधारण सभा तथा छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा भदौ १३ र १४ गते भएको साधारण सभा तथा महाधिवेशनले कृष्ण प्रसाद अवालेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचत गरेको छ ।

    639e0634-57a5-4c06-b0e5-8d0db40be8c2.jpeg
    कृष्ण प्रसाद अवाले

    अवाले लायन्सका पूर्व डिष्ट्रिक गनर्भर समेत हुनुहुन्छ । त्यस्तै उपाध्यक्षमा विनय कुमार यादव, राजेन्द्र प्रजापति, राजेश राई, महासचिवमा केदार गोसाइ र कोषाध्यक्षमा कृष्ण अवाले निर्वाचित हुनुभएको छ । 
    यादव धनुषाको नगराईन नगरपालिकाका प्रमुख (मेयर हुनुहन्छ) ।

    त्यस्तै पदेन उपाध्यक्षमा नेपाल ईट्टा उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर घिमिरे चयन हुनुभएको छ । घिमिरे सियारी गाउँपालिकाको अध्यक्ष तथा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

    त्यस्तै सचिवमा रमेश खनाल, सह–सचिवमा बाबुराम पाठक र सह–कोषाध्यक्षमा अजय कुमार गुप्ता हुनुहुन्छ । पाठक लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका सचिव एवं पाठक सिमेन्ट उद्योगका सञ्चालक हुनुहुन्छ । गुप्ता लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष हुनुहुन्छ । उहाँले आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    57a8c782-d7b5-46be-8b2a-7d808d75c06d (1).jpeg
    f186aa35-0f05-47ec-9c5a-d48c2d6e9693.jpeg
    6ef6a5e8-15e8-43c3-be03-98abdfa6ba86.jpeg

    नेपाल ईट्टा उद्योग महासंघका अध्यक्ष शंकर बहादुर चन्दको अध्यक्षता एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा १७ औं वार्षिक साधारण सभा तथा छैठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो ।

    cf6f31b2-7c1d-436a-a14e-b801e2cae43e.jpeg