
मंगलवार , भाद्र १७, २०८२
काठमाडौं, १७ भदौ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले लुटतन्त्र जोगाउनका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनुभएको छ ।
मंगलबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतोले ठूला दुई दल मिलेर सरकार बनाउने अभ्यास नभएपनि लुटतन्त्र जोगाउनका लागि नै कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनुभएको हो । उहाले दुई दलले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाउनुभयो ।
महतोले संविधान संशोधन गर्न इच्छा दुई दलमा नरहेको समेत धारणा राख्नुभयो । ठूला दलले देशमा अराजकताको सीमा पार गरिसककेको उहाको भनाइ छ । उहाले अधिकार पहिचानका साथै सुशासन समृद्धिका क्षेत्रमा सरकार असफल भएकाले अव देशलाई जोगाउन सवै एकठाँउ आउनुपर्ने बेला आएको धारणा राख्नुभयो ।
अध्यक्ष महतोले नेपालको सीमामा हस्तक्षेप हुदा पनि सरकारले कुटनीतिक दवाव दिन नसकेको जिकिर गर्नुभयो । चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालको समर्थन गरेको भन्ने बाहिर आएको भन्दै उहाले यसबारे प्रधानमन्त्रीले यस बिषयमा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij