२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

भदौ २० गते सिद्धार्थनगरमा स्थानीय बिदा

बुधवार , भाद्र १८, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १८ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भदौ २० गते शुक्रबार स्थानीय बिदा दिएको छ । ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०० औं जन्मजयन्तीको अवसरमा शुक्रबारका दिन सिद्धार्थनगरमा (भैरहवा) मा बिदा दिइएको नगरप्रमुख इश्तियाक अहमद खाँले बताउनुभयो ।

    नगर कार्यपालिकाको भदौ १३ गतेको निर्णयअनुसार शुक्रबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र सामूदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिइएको खाँले जानकारी दिनुभयो ।