२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

कांग्रेस पूर्व क्षेत्रीय उपसभापति गुप्ताले दिए राजीनामा

बिहिवार , भाद्र १९, २०८२

  • 688
    Shares
  • 688
    Shares
  • भैरहवा, १९ भदौ । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका पूर्व क्षेत्रीय सभापति श्रीराम गुप्ताले पार्टीबाट राजीनामा दिनुभएको छ । आफ्नो व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै गुप्ताले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको हो ।

    पार्टी जिल्ला सभापतिलाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत कार्यव्यस्तताको कारणले पार्टीमा रही समय दिन नसक्ने अवस्था भएकाले आफ्नो स्वेच्छाले राजीनापत्रमा दिएको उल्लेख गर्नुभएको छ । सिद्धार्थनगर नगरपालिका–४ निवासी गुप्ता सिद्धार्थनगर नगरपालिकाका अवकाशप्राप्त कर्मचारी समेत हुनुहुन्छ ।

    त्यस्तै क्षेत्रीय सदस्य बसन्ती देवी गुप्ताले पनि राजीनामा दिनुभएको छ । उहाँले पनि क्षेत्रीय सदस्यसँगै साधारण सदस्यबाट राजीनामा दिएको बताउनुभयो ।