२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

राजनीति ठिक हुने बित्तिकै देशले प्रगति गर्छ : सभामुख घिमिरे

बिहिवार , भाद्र १९, २०८२

  • 325
    Shares
  • 325
    Shares
  • काठमाडौं, १९ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र नै राजनीति भएको बताउनुभएको छ ।

    पूर्वसांसद मञ्चको २६ औँ स्थापना दिवसका अवसरमा बिहीवार संसद भवनमा आयोजित कार्यक्रममा उहाँले राजनीति ठिक हुने वित्तिकै देशले उन्नति,प्रगति गर्ने बताउनुभएको हो ।

     राजनीति ठिक खालको हुन नसकेमा यसले सबै क्षेत्रलाई प्रभावित पार्ने बताउनु भयो । नेपालले पनि यो कुरा भोगेर आएको उहाँको भनाई छ । लामो ईतिहासमा विभिन्न ढंगबाट बिताएर आएका पूर्व सांसदहरुलाई यसबारेमा अझ बढी ज्ञान भएको उहाँले बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको राजनिति नै हो । राजनिति ठिक हुने वित्तिकै देशले उन्नति प्रगति गर्नसक्छ । विज्ञानलाई आफैले वैज्ञानिक ढंगबाट प्रयोग गर्न, अन्वेषन गर्न सक्छ र त्यसलाई प्रयोग गर्न सक्छ र अगाडी बढ्न सक्छ ।

    तर राजनिति ठिक खालको हुन सकेन भने सबै क्षेत्र त्यसेले प्रभावित हुन्छ । जुन कुरा हामीले पनि भोगेर आएका छौँ । र मलाई लाग्छ, ७० वर्ष पुगेका र पुग्न लागेका पूर्व माननीयज्यूहरुले त लामो ईतिहास विभिन्न ढंगबाट विताएर आउनुभएको छ । मैले यसमा धेरै लामो चर्चा गर्न पर्दैन ।’ 

    उहाँले पूर्व सांसदहरुले वर्तमान संविधानले राखेका लक्ष्य, संविधान कार्यन्वयन, सरकार निर्माण, संसदको जिम्मेवारीलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न महत्वपूर्ण काम सिकाउनुभएको बताउनु भयो । पूर्वसांसदहरुलाई सम्मान गर्ने, औषधि उपचारको प्रवद्र्धन गर्नेतर्फ आफूले पहल गर्ने उहाँको भनाई छ ।

    राज्यलाई हाल पूर्व सांसदहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने जानकारीसमेत नभएको उल्लेख गर्नुहँुदै उहाँले यो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । स्थापना दिवसको अवसरमा मञ्चले ७० वर्ष पूरा भएका पूर्वसांसदहरुलाई सम्मान गरेको थियो ।