२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

एनएमबी बैंकका ग्राहकलाई एसियन बुद्ध होटलमा छुट

बिहिवार , भाद्र १९, २०८२

  • 568
    Shares
  • 568
    Shares
  • भैरहवा, १९ भदौ । एनएमबी बैंक लिमिटेडका ग्राहकलाई रुपन्देहीको भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले सेवासुविधामा छुट प्रदान गर्ने भएको छ । बैंक र होटलबीच बिहीबार भएको सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, कार्डहोल्डर र मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्नेछ ।  यो सम्झौताको अवधि एक वर्षसम्मको लागि लागू हुनेछ ।

    सम्झौता–पत्र हस्तान्तरण कार्यक्रममा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, अपरेशन म्यानेजर जे.पी. सुवेदी, एसिसटेण्ट म्यानेजर विमल शर्मा, बैंकका शाखा प्रबन्धक अर्जुन ज्ञवाली, रिलेशन म्यानेजर दिनेश बस्यालको उपस्थिति थियो ।

    चारतारे होटल एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवामा छ ।