२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

आर्थिक र सामाजिक रुपान्तरणमा निजामति कर्मचारीको योगदान महत्वपूर्ण : मुख्यसचिव अर्याल

आइतवार , भाद्र २२, २०८२

  • 67
    Shares
  • 67
    Shares
  • काठमाडौं, २२ भदौ । सरकारका मुख्यसचिव एकनारायण अर्यालले नेपालको निजामति सेवा मुलुकको शासन प्रणालीको मेरुदण्डको रुपमा स्थापित भइसकेको बताउनुभएको छ ।

    निजामति सेवा दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बत्रोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजामति सेवा दिवसले कर्मचारीलाई व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन तथा नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व र समर्पणबोधलाई अझ प्रगाढ बनाएको बताउनु भयो ।

    सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन र विकाससँगै सरकारले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा निजामति संयन्त्रको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ । अर्यालले कठिन परिस्थिति वा चुनौतीपूर्ण समयमा पनि निजामति प्रशासन सक्षम र सजग रहेको प्रष्ट पार्नुभयो ।

    उहाँले अड्डा र कागजमुखी णालीबाट बाहिरिँदै सूचना प्रविधिको उपयोगमार्फत डिजिटल सेवातर्फ अघि बढ्न निजामति सेवाले महत्वपूर्ण भुमिका निर्वाह समेत उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘आज हामी व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ २२ औं निजामति सेवा दिवस मनाइरहेका छौं । आजको यस दिवसले हामी सबै निजामति कर्मचारीहरुलाई नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व, समर्पणभावलाई गहिरोसँग सम्झाइरहेको छ ।

    नेपालको निजामति सेवाले आजको दिनसम्म आइपुग्दा आफ्ना विशिष्ट मौलिक पहचिानसहित नागरिकका लागि सेवा प्रवाहको भरपर्दो अविछिन्न स्थायी संयन्त्रको रुपमा आफूलाई स्थापित गरेको छ ।

    मुलुकको शासन प्रणालीको मेरुदण्ड र मुलुकको सार्वजनिक प्रशासनको मियोको रुपमा रहेको नेपालको निजामति सेवा सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन, विकासलगायत सरकारका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा समर्पित हुँदै आइरहेको छ ।

    मुलुकमा कठिन परिस्थिति आएका बखत पनि मुलुकको जस्तोसुकै चुनौती झेल्नका निम्ति नेपालको निजामति प्रशासन सक्षम छ भन्ने कुरा विगतमा यसले खेलेको भूमिकाले पुष्टि गरिसकेको छ ।

    पछिल्लो समय ढड्डा र अड्डामुखि सेवाबाट आधुनिक सूचना प्रविधिको उपयोग गर्दै  कागज एवं मुहाररहित सेवा प्रवाहलाई क्रमशः डिजिटलाइजेसन युगमा प्रवेश गराउन समेत निजामति सेवाको मत्वपूर्ण भूमिका रहेको छ ।’

    मुलुकले हालसम्म प्राप्त गरेका आर्थिक, सामाजिक एवं भौतिक प्रगतिहरुमा समेत निजामती कर्मचारीको उल्लेख्य भुमिका रहेको जिकिर गर्नुभयो  ।