२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने काँग्रेसको निर्णय

आइतवार , भाद्र २२, २०८२

  • 76
    Shares
  • 76
    Shares
  • काठमाडौं, २२ भदौ । सत्तारुरुढ दल नेपाली काँग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ ।

    आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा भएको हो ।

    केन्द्रिय समितिले निर्णय गर्नुपर्ने भएपनि तत्काल केन्द्रिय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुनेगरी निर्णय गरेको बताउनु भयो । साथै बैठकमा समसामयिक विषयहरुमा पनि छलफल भएको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा हो । रुपन्देहीको सन्दर्भमा हामीले पहिल्यै दल दर्ता गरिसकेका छाँै । फेरि मनाङको विषयमा दल  दर्ता गर्नेकुरा हो ।

    केन्द्रिय समितिले गर्नुपर्ने हो तर अचानक केन्द्रिय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुने गरी छलफल गरेका छौँ । समसामयिक कुरामा पनि छलफल भएको छ ।’

    सामाजिक सञ्जालका विषयमा पार्टीले आफ्नो धारणा बनाउने जानकारी दिनुभयो । समाजिक सञ्जालको नियमन राम्रो कुरा भएपनि बन्द गर्नु नहुनेमा जोड दिइएको बताउनु भयो ।