
सोमवार , भाद्र २३, २०८२
काठमाडौं, २३ भदौ । संसदीय सुनुवाई समिति सभापति रामहरि खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
सोमवार बिहान सभापति खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानविन समितिले जिजम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिनुभएका खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित हुनुभएको थियो ।
संसदीय समिति सभापति ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेसँगै संसदीय सुनुवाई समिति सभापतिको पद रिक्त थियो । रिक्त पदमा नेपाली काँग्रेसबाट खतिवडाको मात्रै उम्मेदवारी परेपछि खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित हुनुभएको थियो ।
सभापतिमा निर्वाचित खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij