२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

गृहमन्त्री लेखकले पदवाट राजीनामा दिने

सोमवार , भाद्र २३, २०८२

  • 790
    Shares
  • 790
    Shares
  • भैरहवा । गृहमन्त्री रमेश लेखकले पदवाट राजीनामा दिने बताउनु भएको छ । नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी तथा पुर्व पदाधिकारीहरुको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा पदमा नबस्ने जनाउनु भएको हो । 

    सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा गृहमन्त्री लेखकले जेन जी को प्रदर्शनमा ठुलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएको एक नेताले जानकारी दिनुभयो । 

    ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै ती नेताले भन्नुभयो ।