२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा आगजनी

मंगलवार , भाद्र २४, २०८२

  • 286
    Shares
  • 286
    Shares
  • काठमाण्डौं । नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् ।

    जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् ।

    आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सरकारी कार्यालयहरुलाई लक्षित गरेर ढुङ्गामुढा र आगजनी गरिरहेका छन् ।

    यसअघि काठमाडौंमा प्रदर्शनकारीहरूले दलका शीर्ष नेताहरुको निवास र दलका पार्टी कार्यालयहरुमा समेत ढुङ्गामुढा गरेका छन् ।