२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

भैरहवाको मौर्य होटलमा तोडफोड र लुटपाट

बुधवार , भाद्र २५, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २५ भदौ । रुपन्देहीको भैरहवास्थित चारतारे मौर्य होटलमा तोडफोड र लुटपाट भएको छ । मंगलबार बेलुकी करिब साढे ७ बजे आएको एक समूहले होटलमा तोडफोड गर्नुका साथै लुटपाट गरेको मौर्य होटल प्रा.लि.का प्रबन्ध निर्देशक सन्दिप मौर्यले बताउनुभयो । तोडफोडका कारण होटलको सिसाहरु पनि फुटेको उहाँले बताउनुभयो ।

    होटलबाट विभिन्न सामान लुटपाट हुनुका साथै क्षति भएको उहाँले जानकारी दिनुभयो । ल्यापटप ३ थान, कम्प्युटर ३ थान, प्रिन्टर ३ थान, सेल फोन ४ थान, टेलिफोन सेट ५ थान, वाकीटकी ७ थान, टेलिभिजन २ थान, कोठाको चाबी ५० थान, स्वीमीङ कस्टयूम एण्ड स्वीमीङ गुगल्स ५ सय थान, क्यानन क्यामेरा डीएसलार (८० डी र ६० डी) २ थान, सीसी क्यामेरा ८ थान, एसी १ थान लुटपाट भएको मौर्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त समूहले ८ लाख २६ हजार ५ सय रुपैयाँ नगद समेत लुटेर लगेको थियो ।

    त्यस्तै विभिन्न ब्राण्डका मदिरा, रेडबुल, जुस, हल्का पेय पदार्थ गरी १० लाख ७१ हजार ८ सय ४१ रुपैयाँ मूल्य बराबरको सामान लुटपाट भएको मौर्य होटल प्रा.लि.ले जनाएको छ । 

    nmm.jpeg