
शुक्रवार , भाद्र २७, २०८२
काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु हुने भएको छ ।
कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुने बिषयमा सहमित जुटेको राष्ट्रपति कार्यालयका प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिनुभयो । कार्कीलाइ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नु हुने छ ।
उहाँको शपथग्रहण शुक्रबार (आजै) बेलुका ९ बजे हुने भएको छ । प्रतिनीधि सभा विघटनमा सहमति जुटेपछि प्रधानमन्त्री नियुक्त हुने बिषयमा सहमित जुटेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij