
शुक्रवार , भाद्र २७, २०८२
काठमाडौं, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्वप्रधानन्यायधिश सु्ुशिला कार्कीलाई अन्तरिक सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।
तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बन्नु भएककी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाउनु भएको छ ।
नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।
संविधानको धारा ६१ (१ र २) मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।
राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ ।
राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको उल्लेख गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij