
आइतवार , भाद्र २९, २०८२
काठमाडाैं, २९ भदौ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले आईतवार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ ।
उहाँ शनिवारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आउनुभएको छ । जेन–जी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा पदबाट राजीनामा दिनुभएको थियो ।
जेन–जी प्रदर्शनमा भएको अत्याधिक बल प्रयोग र एकैदिनमा ठूलो संख्यामा युवाहरु मारिएपछि प्रधानमन्त्रीलाई उहाँले राजीनामा दिनुभएको थियो । कार्की नेपालको ४२ औँ तथा प्रथम महिला प्रधानमन्त्री बन्नुभएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij