
आइतवार , भाद्र २९, २०८२
काठमाडाैं, २९ भदौ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।
नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बडालको राजीनामा सम्बन्धी जानकारी आइतबार राष्ट्रपति कार्यालयबाट प्राप्त भएको छ।
२०८१ साउन २ गते राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका बडालले भदौ २४ गते राजीनामा दिएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij