२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

नेपाल राष्ट्र बैंकले बडादशैँका लागि सुकिला नोट साट्न सुरु

आइतवार , भाद्र २९, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • काठमाडाैं, २९ भदौ । नेपाल राष्ट्र बैंकले बडादशैँका लागि आवश्यक पर्ने सुकिला नोट साट्न सुरु गरेको छ । 

    आइतबारबाट बैंकले देशभर सुकिला नोट साट्ने व्यवस्था गरेको हो । असोज १० गतेसम्म सुकिला नोट साट्न सकिने बैंकले जनाएको छ ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिने छ ।

    त्यस्तै  इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ÷संस्थालाई कारोबारको समयमा नोट सटही हुने बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले रु ५ देखि रु एक सय दरसम्मका सुकिला नोट प्रतिव्यक्ति बढिमा १ सेट अर्थात रु १८ हजार ५ सय सटही गरिने जनाएको छ ।