२०८२, मंसिर २८ गते

Dec 14 2025 | २०८२, मंसिर २८ गते

आगजनी तथा तोडफोडमा संलग्नलाई कारवाही गर्न राप्रपा लुम्बिनीको माग

सोमवार , भाद्र ३०, २०८२

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले नवयुवा पुस्ता (जेनजी) को बृहत प्रदर्शनका दौरान केही अराजक तत्वहरुबाट राष्ट्रिय सम्पत्तिका साथै उद्योग व्यवसाय र निजी सम्पत्तिमा गरिएको तोडफोड तथा आगजनीप्रति खेद प्रकट गरेको छ । राप्रपा लुम्बिनीले तत्काल छानबीन गरी आगजनी तथा तोडफोडमा संलग्न जोकोही भएता पनि दोषीलाई कडा कारवाहीका लागि सरकारसँग माग गरेको छ । 

    प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले विज्ञप्ती जारी गर्दै जेनजीको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा तत्कालीन सरकारको अनावश्यक बल प्रयोगको कारण तथा आगजनीमा परी ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । साथै उहाँले सम्पूर्ण घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

    यस क्रममा राप्रपाको रुपन्देही, अर्घाखाँची लगायत अन्य जिल्लाका कार्यालयका साथै राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाको सिद्धार्थनगरस्थित निजी निवास, राप्रपा केन्द्रीय सदस्य माननीय मेनुका खाँणको सैनामैनास्थित निजी निवास, राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिका प्रमुख राम थापाको निजी निवास, राप्रपा केन्द्रीय सदस्य माननीय सविना बजगाईको निजी निवास, राप्रपा केन्द्रीय सदस्य तथा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीको भद्रपुरस्थित निजी निवास, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका केन्द्रीय सदस्य तारा बस्नेतको त्रियुगा नगरपालिकास्थित निजी निवास लगायत अन्य स्थानमा राप्रपा सदस्यहरुको निजी निवासमा गरिएको आगजनी तथा तोडफोडप्रति दुःख व्यक्त गर्दछु । साथै यस्तो अवस्थामा बिचलित नहुन आग्रह गर्दै अबिचलित पार्टीप्रति प्रतिबद्ध भइ अझै मजबुतिका साथ उभिनुहुनेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्दछु, ’विज्ञप्तीमा भनिएको छ ।

    83ee268f-1abf-4a4d-949c-6be84b962006.jpeg