२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

चर्चाको शिखरमा रहेका कुलमानलाई उर्जामन्त्रीको जिम्मेवारी

सोमवार , भाद्र ३०, २०८२

  • 361
    Shares
  • 361
    Shares
  • काठमाडौं, ३० भदौ । विगत एक दशकयता सधैँ चर्चाको शिखरमा रहिरहनुभएका कुलमान घिसिङ उर्जामन्त्रीको जिम्मेवारीमा आउनुभएको छ । 

    करिव आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्नुभएका  बेला नेपाल ’लोडशेडिङमुक्त’ घोषणा गरिएको थियो ।

    विसं २०७३ सालकै तिहारबाट शहरहरूमा ‘लोडशेडिङ’ सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई करिव डेढ दशकदेखि विद्युत आपूर्तिमा जारी नियमित अवरोधबाट मुक्त बनाइएको थियो । उनै घिसिङले मुलुक अप्ठ्यारो परिस्थितिमा ग्रुजिरहेकै बेला उर्जामन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको हो ।

    अघिल्लो सरकारसँग टकराव

    विसं २०७८ साउनमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा घिसिङ दोस्रो पटक प्राधिकरण प्रमुखमा घिसिङ पुनः नियुक्त हुनुभयो । 
    तत्कालीन ओली सरकार र उहाँबीच टकराव देखियो । ऊर्जा, जलस्रोत एवं सिंचाईमन्त्री दीपक खड्का र उहाँबीचको कहिल्यै कुरै मिलेन ।  

    खास गरी उद्योगहरूमा डेडिकेटेड र ट्रङ्क लाइनको महशुल नतिरेका कारण प्राधिकरणले त्यहाँको विद्युत काट्ने र त्यसो गर्न नदिने मन्त्री–प्रधानमन्त्रीको जोडबलसँग विवाद भएको थियो ।

    त्यससम्बन्धी विद्युत महशुलको विषयमा विवाद चर्किँदै गर्दा उद्योगीहरूको लाइन काट्ने घिसिङको कदमसँग तत्कालिन केपी ओली नेतृत्वको सरकार असन्तुष्ट बनेको थियो र उहाँलाई सोही सरकारले ६ महिनाअघि पदबाट च्युत गराएको थियो ।