२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

राजस्व अनुसन्धान कार्यालयद्वारा सामान फिर्ता गर्न अनुरोध

सोमवार , भाद्र ३०, २०८२

  • 397
    Shares
  • 397
    Shares
  • बुटवल, ३० भदौ । जेनजी आन्दोलनका क्रममा रुपन्देहीको बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा लुटपाट र चोरी हुँदा झण्डै १० करोड रुपैयाँ बढीको क्षति भएको कार्यालयले जनाएको छ । उक्त तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरुमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोहीकसैले कार्यालयबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए उक्त सामग्रीहरु राजस्व अनुसन्धान कार्यालय बुटवल वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन कार्यालयले सोमबार एक सूचना जारी गरी अनुरोध गरेको छ । 

    उक्त घटनामा कार्यालयबाट लगिएका सामान समयमा नबुझाए अनुसन्धानका क्रममा पहिचान हुँदा कानूनबमोजिम कारवाही हुने प्रमुख अनुसन्धान अधिकृतले सुवास श्रेष्ठले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
    यही भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा २४ गते बुटवलका विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयहरुमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा राजस्व अनुसन्धान कार्यालय बुटवलका सवारीसाधनहरु, टि.भी, कम्प्युटर सेट, ल्यापटप, फर्निचर, भाडावर्तन लगायत विभिन्न कार्यालय सामग्रीहरु तोडफोड, आगजनी, चोरी एवं लुटपाट भएको प्रमुख अनुसन्धान अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

    त्यस्तै राजस्व अनुसन्धान कार्यालयले विभिन्न स्थानहरुबाट बरामद भएका कपडा, जुत्ता, भेप, सेक्स टोयज, मदिरा, चिनी, चामल लगायतका सामानहरु चोरी एवं लुटपाट भएको जनाएको छ ।