२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

रुपन्देही–३ को उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु रद्द

सोमवार , भाद्र ३०, २०८२

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ३० भदौ । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने भनिएको उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरु रद्द गरेको छ । उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरु रद्द गर्ने गरी आयोगको सोमबारको बैठकबाट निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    ‘प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२ कार्तिक १७ गते सोमबारका दिन रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट २०८२ भदौ २७ गते प्रकाशित विज्ञप्तीबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी २०८२ फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकाले उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरु रद्द गर्ने निर्णय भएको छ, ’प्रवक्ता भट्टराईद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    २०७९ साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि कार्तिक १७ गते उपनिर्वाचन गर्ने मिति तोकिएको थियो ।

    suchana.jpeg