
बुधवार , आश्विन १, २०८२
काठमाडौं, १ असोज । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ व्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको विवरणअनुसार भदौको तुलनामा असोजमा औषध व्याजदर घटेको छ ।
भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले असोजमा औसतमा ५.४६ प्रतिशत बिन्दुकार दरले ब्याजदर दिने भएका छन् । बैंकहरुले चालु आर्थिक वर्षको शुरुदेखि नै व्याजदर घटाउने क्रममा निन्तरता दिएका हुन् ।
असोजका लागि ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बंैकले भदौ महिनाकै व्याजदरलाई यथावत राखेका छन् । दुई वटा बैंकहरुले भने व्याजदर बढाएका छन् । असोज महिनाको लागि लक्ष्मी सनराईज र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्याजदर बढाएका हुन् । लक्ष्मी सनराईजले ५.२५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५.१८ प्रतिशत व्याजदर कायम गरेको छ ।
५ वटा बैंकले सबैभन्दा बढी ६ प्रतिशतसम्म ब्याज दिने जनाएका छन् । एनआईसी एशिया, माछापुच्छ«े, ग्लोवल आईएमई, एनएमवी र हिमालयन बैकले ६ प्रतिशत व्याजदर दिन लागेका हुन् । यीमध्ये एनआईसी एशियाले ६.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत व्याजदर कायम गरेको हो भने अन्य बैकहरुको भदौ महिनाकै यथावत हो ।
प्राईम कमर्सियल बैंकले ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ । सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैक, नविल बैंकले पनि समान ५.५ प्रतिशत व्याजदर कायम गरेको छन् । यी बैंकहरुले भदौकै व्याजदरलाई निरन्तरता दिएका हुन् । प्रभु बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैकले पनि भदौ महिनाकै व्याजदर यथावत राखेका छन् । भदौमा प्रभुले ५.३५ र नेपाल ईन्भेष्टमेण्ट मेगाले ५.२५ प्रतिशत व्याजदर कायम गरेका छन् ।
सानिमा, एभरेष्ट, सिटिजन, नेपाल बंैक, लक्ष्मी सनराईज बैंकले समान ५.२५ प्रतिशत व्याजदर तोकेका छन् । यसैगरी नेपाल एसवीआईले ५.१८, कृषि विकास बैंकले ५.०५ र कुमारी बैंकले ५.०१ प्रतिशत व्याजदर असोज महिनाको लागि तोकेका छन् ।
भदौमा सानिमा र एभरेष्टको समान ५.७५, सिटिजनको ५.५, नेपाल बैकको ५.४, लक्ष्मी सनराईज बैंकको ५, नेपाल एसवीआईको ५.२५, कृषि विकास बैकको ५.२ र कुमारी बंैकको ५.२१ प्रतिशत व्याजदर तोकिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij