२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

लोसपाले संविधान दिवसमा जेन जी आन्दोलनका मृतकप्रति शोक व्यक्त गर्ने

बुधवार , आश्विन १, २०८२

  • 313
    Shares
  • 313
    Shares
  • काठमाडौं, १ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले संविधान दिवसका दिन जेन जी आन्दोलनमा मृत्यु भएकाहरुप्रति शोक व्यक्त गर्ने भएको छ ।

    बुधवार काठमाडौंमा बसेको पार्टी पदाधिकारीले बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता आभास लाभले जानकारी दिनुभयो । साथै बैठकले जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई श्रदाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । 

    उहाँले भन्नुभयो, ‘जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरुप्रति गहिरो शोक एवं श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यही असोज ३ गते पर्न गएको संविधान दिवसलाई शोक दिवसको रुपमा मनाउने आजको बैठकले निर्णय गरेको छ ।’

    गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७३ जनाको मृत्यु हुनुका साथै सयौं युवा घाइते भएका थिए ।