
बिहिवार , आश्विन २, २०८२
काठमाडौं, २ असोज । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भएकाले उनीहरुले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरु असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताउनुभएको हो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरु असफल भएको प्रमाण रहेको जिकिर गर्नुभयो ।
काँग्रेस र एमाले र माओवादीको नेतृत्व गर्नेहरुले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्नेमा त्यो हुन नसकेको बताउनु भयो । आन्दोलनमा टेकेर भएको अपराध, तोडफोड, हत्याले शिर्ष नेताहरु राजकाज चलाउन असफल भएको स्पष्ट हुने बताउनु भयो ।
जेन जी आन्दोलन शिर्ष नेताहरुको नेतृत्वको असफलतामै टेकेर भएको बताउनु भयो । पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा समेत माओवादीको नेतृत्वबाट पुष्पकमल दाहालले छोड्न नसक्नुभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उनीहरुको नेतृत्वमा डेमोक्रेसी असफल भएको छ । उनीहरुको विरुद्धमा जनता सडकमा निस्किएका छन् । जसको सरकार हुँदा गोली चलेको छ ।
एकातिर काँग्रेस र एमालेले त सरकारको पतनसँगै राजीनामा पनि आफ्नो पार्टीमा सँगसँगै बुझाउनुपर्ने हो । आन्दोलनमा टेकेर यत्रो अपराध भएको छ, तोडफोड भएको छ, हत्या भएको छ ।
उनीहरु राजकाज चलाउन पूर्ण रुपमा फेल भए । जेसुकै कारणले होस् । आम जनतको लागि यो सरकार पूर्ण रुपमा फेल भयो र जे जस्तो घटना भयो, त्यो उनीहरुको असफलतामा टेकेर भएको हो । त्यस्तै सत्ता बाहिर रहेको माओवादी पार्टीका नेताले त उहिल्यै झन राजीनामा दिनुपर्ने हो ।
किनभने दुब्लाएर हात्तीबाट मुसा भइसक्यो तर पनि पार्टीको नेताले नेतृत्व छोडेका छैनन् । यि तीन जनै नेताहरुले आफ्नो ढंगले जति हामीले ग¥यौँ,अब हामीलाई बिदाबारी दिनुस् भनेर गइसक्नुपर्ने हो । कार्यकर्ताको चेत खुल्ने हो भने त्यो गर्ने हो । होइन भने दासत्व स्वीकार गरेर बस्ने ।’
उहाँले कार्यकर्ताहरुले सचेततापूर्वक शिर्ष नेताहरुलाई पार्टीबाट अब बिदाइ गर्नुपर्ने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij