२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भयो : अष्टलक्ष्मी शाक्य

शुक्रवार , आश्विन ३, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • काठमाडौं, ३ असोज । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताउनुभएको छ ।

    संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश नै रोइरहेको भन्दै अब शोकलाई शक्तिमा परिणत गर्नुपर्ने बताउनु भयो ।

    नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज नभएको बताउनु भयो । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको जिकिर गर्नुभयो ।

    आन्दोलनको मागलाई अबको दिनमा सम्बोधन गर्नुपर्ने बताउनु भयो । जेन जी पुस्तालाई कस्तो दृष्टिकोणले हेर्ने भन्नेमा सबै राजनीतिक दलहरु स्पष्ट हुन जरुरी रहेको बताउनु भयो ।

    जेन जी पुस्ताले देशमा केही गर्नुपर्छ भन्ने भावना राखेर आन्दोलन अघि बढाएपनि धमिलो पानीमा माछा मार्ने काम भएको बताउनु भयो । नेकपा एमालेलाई पुनःगठन गर्दै नयाँ ढंगबाट लोकतान्त्रिक व्यवहारका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।

    शोकलाई अब शक्तिमा बदलेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली जनताको एकतालाई अझ बलियो बनएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । समयमै निर्वाचन हुनुपर्ने बताउनु भयो । राम्रा कामहरुको आत्मसाथ गर्दै कमी कमजोरी सच्याएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । 

    उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘आक्रोशको ज्वाला आगोमा परिणत हुँदाखेरी देश ध्वस्त भयो । त्यसो भएको हुनाले पनि हामी धेरै पीडित छौँ । मर्माहत छाँै । शोकाकुल छौँ । अत्यन्तै पीडामा छौँ । नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज थिएन ।

    सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको पनि थियो । तर त्यो आन्दोलनको मागलाई हामीले अबको दिनमा सम्बोधन गर्नुपर्छ । बेवास्त गर्नु हुँदैन । जेन जी पुस्तालाई हामीले कस्तो दृष्टिकोणले हेर्ने सबै राजनीतिक दलहरु स्पष्ट हुन जरुरी छ ।

    रोजिोटीको लागि अघि बढिरहेको बेलामा, आमाको काख छोडेर विदेश धाइरहेको बेलामा, जन्मिएको माटोलाई छोडेर विदेश दौडिरहेको बेलामा जेन जी पुस्ताले देशमा केही गर्नुपर्छ भन्ने भावना राखेर यो आन्दोलन अघि बढाए ।

    तर धमिलो पानीमा माछा मार्ने भनेझैँ अनेकौँ तत्वहरुले त्यसलाई दुरुपयोग गर्ने काम गरे । जसले धेरै युवा पुस्ताको ज्यान गयो । अहिले देश रोईरहेको अवस्था छ । अब सबै राजनीतिक दलहरु यति बेला अब पुनःगठन हुनुपर्छ ।

    नयाँ सोचका साथ अघि बढ्नुपर्छ । राम्रा कामहरु आत्मसाथ गर्दै कमी कमजोरी सच्याएर अघि बढ्नैपर्छ । अहिले परिस्थिति सहज छैन । तर यो असहज परिस्थितिलाई सहजतामा परिणत गर्नसक्छौँ भन्ने अठोट लिनुपर्छ ।  ’

    उपाध्यक्ष शाक्यले अफ्ठ्यारो परिस्थितिमा पनि मनोबल कमजोर बनाउन नहुने बताउनु भयो । मनोबल दह्रो बनाएर अघि बढ्दै देश विकासमा लाग्नुपर्ने बताउनु भयो । आक्रोशको ज्वालाले देश ध्वस्त भएको बताउँदै सुरक्षा निकायहरु असुरक्षित रहेको अवस्था रहेको बताउनु भयो ।

    एकतावद्ध भएर नयाँ ढंगबाट अघि बढ्न जरुरी रहेको जिकिर गर्नुभयो । नयाँ नेपाल आफूहरुले नै बनाउने र समृद्ध नेपाल नेपालीहरुले नै बनाउनुपर्ने बताउनु भयो । त्यसका लागि नेपालीहरुका बीचमा बलियो एकताको आवश्यकता जरुरी रहेको बताउनु भयो ।