२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

जेन जी आन्दोलनबाट क्षतिग्रस्त काँग्रेस पार्टी कार्यालयमा पुगे एमाले नेताहरु

शुक्रवार , आश्विन ३, २०८२

  • 469
    Shares
  • 469
    Shares
  • काठमाडौं, ३ असोज । नेकपा एमालेका नेताहरु काँग्रेस पार्टी कार्यालय पुगेका छन् ।

    शुक्रवार मध्यान्ह एमाले नेताहरु काँग्रेस पार्टी कार्यालयमा पुगेका हुन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल लगायतका नेताहरुले जेन जी आन्दोलनका क्रममा आगजनी तोडफोड भएको काँग्रेस पार्टी कार्यालयमा पुगेर निरीक्षण गरेका हुन् ।

    जेन जी आन्दोलनका क्रममा काँग्रेससहित नेकपा एमालेको पनि पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो । काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले एमाले पार्टी कार्यालयको पनि यसअघि निरीक्षण गरेको थियो ।