२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

अवैध लागूऔषधसहित दुईजना पक्राउ

बुधवार , आश्विन ८, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ८ असोज । रुपन्देहीबाट अवैध लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ भिलरहवा बस्ने २३ वर्षिय अक्षय कुमार हरिजन र वडा नम्बर २ पकडी बस्ने २२ वर्षिय गुलाब हरिजन रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार असोज ५ गते आइतबार मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा अवैध लागूऔषधको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई सूचना प्राप्त भएको थियो ।

    उक्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकल चालक अक्षय र पछाडी सवार गुलाबलाई लु १० प ५८४१ नम्बरको मोटरसाईकलमा आउँदै गरेको अवस्थामा शंका लागि रोकेर चेकजाँच गरेको डीएसपी कार्कीले बताउनुभयो ।

    चेकजाँच गर्ने क्रममा Diazepam injection  ५० एम्पुल,Buprenorphine Injection ५० एम्पुल, Promethazine Injection ५० एम्पुल गरी १५० एम्पुल बरामद गरी मोटरसाईकलसहित दुवैजनालाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । यसबारे थप आवश्यक अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।