२०८३, कार्तिक १७ गते

Nov 03 2026 | २०८३, कार्तिक १७ गते

बेवारिसे अवस्थामा फेला परेको भारतीय कार प्रहरीको नियन्त्रणमा

मंगलवार , कार्तिक १७, २०८३

  • 220
    Shares
  • 220
    Shares
  • भैरहवा, १७ कार्तिक । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बेवारिसे अवस्थामा फेला परेको भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ । प्रहरीले सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवाबाट जीजे २१ सीबी ६००१ नम्बरको मर्सिडिज कार नियन्त्रणमा लिएको हो ।

    प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार खाली जग्गामा बेवारिसे अवस्थामा पार्किङ गरी राखिएको भन्ने गोप्य सूचनाका आधारमा उक्त कार बरामद गरिएको हो । बरामद कारको अनुमानित मूल्य ९० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

    नियन्त्रणमा लिइएको कार आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।