२०८२, कार्तिक ११ गते

Oct 28 2025 | २०८२, कार्तिक ११ गते

नेतृत्व परिवर्तनबारे अध्यक्ष दाहाल : महाधिवेशनसम्म सबै हल हुन्छ

बुधवार , आश्विन ८, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।

    बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उहाँले यस्तो बताउनुभएको हो । नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उहाँको भनाइ छ । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा हल हुने उहाँको दाबी छ ।

    गत भदौ २३ र २४ गते भएको जेन—जी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरुले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो । प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरुले नेतृत्व छोड्नुपर्ने माग राखेर दबाब दिएपछि माओवादीसहितका राजनीतिक दलका नेताहरुमाथि नेतृत्व परिवर्तनका लागि नेतृत्व छोड्नुपर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ । 

    नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।’

    केन्द्रिय कमिटीको एजेण्डा तय गर्न बुधवार माओवादीको स्थायी कमिटी बैठक बसेको हो ।