२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

तिलोत्तमा ख्रीष्टियन समाजद्वारा बृहत सरसफाई

आइतवार , आश्विन १२, २०८२

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • तिलोत्तमा, १२ असोज । तिलोत्तमा ख्रीष्टियन समाजको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा आइतबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगरप्रमुख रामकृष्ण खाणले नगरभित्र रहेका धार्मिक संघ–संस्था, आमा समूह, टोल, विद्यालय सबैको सहयोगले नगर सरसफाई गरि वातावरणयुक्त बनाउन सकिएको बताउनुभयो । उहाँले सरसफाईका लागि सबै मिलेर अघि बढ्दा पालिकाले उत्कृष्ट स्थान हासिल समेत गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘आज मात्र होइन, हरेक दिन हामीले सरसफाइलाई ध्यान दिन जरुरी छ, एकले अर्काको मुख ताक्ने भन्दा पनि जसले जहाँबाट सकिन्छ सफा गरौं ।’

    कार्यक्रममा तिलोत्तमा–५ का वडाअध्यक्ष रमेश डुम्रे, वडा सदस्य हरि पन्थ, नगर प्रहरी इञ्चार्ज नरेश श्रेष्ठ लगायतको सहभागीता थियो । समाजका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रम त्तिलोत्तमा–५ स्थित पुरानो सडक चोकदेखि सुरु भइ कैलाश पथमा पुगेर समापन भएको थियो ।