images

शनिवार, बैशाख ८ गते २०८१

लुम्बिनी प्रदेश सरकार : जसपाको ईन्ट्रीले माओवादी–कांग्रेस सोचमा

लुम्बिनी प्रदेश सरकार : जसपाको ईन्ट्रीले माओवादी–कांग्रेस सोचमा

images
images
images
मंगलवार, बैशाख ७ २०७८
मंगलवार, बैशाख ७ २०७८
  • लुम्बिनी प्रदेश सरकार : जसपाको ईन्ट्रीले माओवादी–कांग्रेस सोचमा

    बुटवल। लुम्बिनी प्रदेशमा सोमबार एकाएक राजनीतिक गर्मागर्मी बढ्यो। आईतबार साझसम्म सामान्य रुपमा अगाडि बढेको राजनीतिक गतिबिधि सोमबार अपरान्हसम्म आईपुग्दा राजनीतिक उतार चढाव निकै बढ्यो। 

    images
    images
    images

    राजनीतिक बृतमा सोमबार मध्यान्नसम्म लुम्बिनी प्रदेशको राजनीति सामान्य ढङगबाट अगाडि बढेको थियो। तर, मध्यान्न पछि भने एकाएक तात्यो। प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अबिस्वासको प्रस्ताव दर्ता हुदासम्म सामान्य ढङ्गले अगाडि बढेको प्रदेशको राजनीति अपरान्नसम्म आईपुग्दा अर्कै मोडमा पुगिसकेको थियो। 

    यसरी शुरु भयो जसपाको खेल 
    कर्णली र गण्डकी प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि सरकारका बिरुद्ध अबिस्वासको प्रस्ताव दर्ता हुने हल्ला दुई हप्ता अगाडि देखि नै थियो। हल्लाकै बिचमा सरकारको प्रस्तावमा प्रदेश प्रमुख धर्मनाथ यादवले चैत्र २४ प्रदेश सभाको चालु अधिबेशन अन्त गरे। 

    सरकारका बिरुद्ध अबिस्वासको प्रस्ताव आउने निश्चीत प्राय देखेपछि सरकार टिकाउनका लागि मुख्यमन्त्री शंकर पोखरेलले बिभिन्न रणनीति अगाडि बढाएका थिए। 

    केन्द्रमा जस्तै लुम्बिनी प्रदेशमा पनि जनता समाजवादी पार्टीकै कारण मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न ढिला भएको थियो। जनता समाजवादी पार्टीले निर्णय नगर्दा पटक–पटकका बैठक र अविश्वासको प्रस्ताव दर्ताको प्रयास अनिर्णित बनेको थियो। 

    मुख्यमन्त्री शंकर पोखरेलले संसद स्थगन भर्न सिफारिष गरेकै दिन देखि जसपाका नेता तथा सांसद सन्तोषकुमार पाण्डे लगाएतका नेतासंग भेटघाट तथा छलफल तिव्र बनाएका थिए। जसपा लुम्बिनी प्रदेशका प्रमुख सचेतक सन्तोष पाण्डेले यस विचमा पटक पटक भेटघाट र छलफल भएको खबरपात्रोसंग स्वीकार गरे। 

    तर, सरकार बिरुद्ध अबिस्वासको प्रस्ताव लैजाने तयारी स्वरुप सोमबार बिहान जसपा संसदीय दलको कार्यालयमा बैठक बस्यो। संसदीय दलका नेता सहर्षराम यादवको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलका बिरुद्ध अबिस्वासको प्रस्ताव दर्ता गर्ने बिषयमा छलफल भयो। 

    छलफलमा जसपा सांसद कल्पना पाण्डे सहभागि थिइनन्। बैठकमा सहभागि भएपनि संसद बिजय यादवले भने संसदीय दलको बैठकको निर्णय कपीमा भने हस्ताक्षर गर्न मानेनन्। दलको निर्णय कपिमा हस्ताक्षर गर्न नमानेपनि अबिस्वासको प्रस्तावमा भने हस्ताक्षर गरेका थिए। तर, दुई घण्टाको दौरानमा कसरी चार जना सांसद सरकारमा सहभागि भएभन्ने बिषयमा पार्टी नेतृत्व समेत अन्यौलको अबस्थमा रहेको जसपाका एक नेताले प्रतिक्रिया दिए। ४ जना मध्ये कल्पना पाण्डे महन्त ठाकुर निकट हुन भने ३ जना उपेन्द्र यादव हुन्। 

    जसपाको तर्फबाट मन्त्रीभई सपथ खाएर बाहिर निस्कदै गर्दा पत्रकारहरुको जिज्ञासामा पाण्डेले लामोसमयको छलफल र भेटघाट पछि आफुहरु सरकारमा सहभागि भएको बताए। मन्त्री पाण्डेले लुम्बिनी प्रदेश सरकारमा सहभागि हुने बिषयमा पार्टीले कुनै निर्णय नगरेको तर नेताहरुको निर्देशनमा आफुहरु सरकारमा गएको बताए। 

    उनले सरकारका बिरुद्ध गरिएको अबिस्वासको प्रस्तावमा आफुहरुले हस्ताक्षर नगरेको बताएका छन्। मन्त्री भएपछि उनले अन्य कुनै प्रयोजनका लागि गरिएको हस्ताक्षर दुरुपयोग गरेर अबिस्वासको प्रस्ताव दर्ता गर्न लगिएको बताए। 
    जसपा बिवाद, प्रदेश सरकारमा सहभागी भएकालाई कारबाही गरिने 

    जसपाका ६ जना प्रदेश सभा सदस्य मध्ये ४ जना प्रदेश सरकारमा मन्त्री बनेपछि जसपा भित्र बिवाद उत्पन्न भएको छ। जसपा लुम्बिनी प्रदेश सभा संसदिय दलका नेता सहश्रराम यादवले आफ्नो पार्टीको सरकारमा जाने कुनै निर्णय नभएको बताएउदै पार्टीको निर्णय बिपरित सरकारमा सहभागि भएको बताएका छन्। 

    उनले पार्टी बिपरित सरकारमा सहभागि चारै जनालाई सरकारबाट फिर्ता बोलाईएको र फिर्ता नआए सांसद पद हटाउने सम्मको चेतावनी समेत दिए। जसपाबाट मन्त्री बनेका ४ जना सांसदका कारण .तत्कालका लागि भने शंकर पोखरेल नेतृत्वको सरकार परिर्वतनका लागि भने कडै कसरत गर्नु पर्ने देखिएको छ। 

    कांग्रेसरणनीति के हुन्छ
    नेपाली कांग्रेसले सरकारका बिरुद्ध प्रस्तुत गरेको अबिस्वासको प्रस्तापलाई पारित गराउने रणनीति अनुरुप अगाडि बढेको बताएको छ।

    गठबन्धनमै रहेको ठूलो दल कांग्रेस दलका नेता विरेन्द्र कनोडियाले पनि मुलुकको आवश्यकता र बदलिँदो राजनीतिक परिवेशका कारण लुम्बिनी प्रदेशको सरकार परिवर्तनको कसरत भएको र त्यो सफल हुने बताए। ‘हामी गठबन्धन सरकार बनाउने पक्षमा छौँ र मुलुकको आवश्यकताअनुसार यो अविश्वासको प्रस्ताव पास हुन्छ भन्नेमा विश्वस्त छौँ त्यसका आधारहरु हामीसँग छन,’ उनले भने।

    काग्रेसका लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खाँनले पार्टी प्रस्ताप पारित गर्ने रणनीति अनुरुप अगाडि बढेको बताएका छन्। त्यसका लागि पार्टिले आबश्यक छलफल गर्ने देखि रणनीति तयार गर्ने कार्य अगाडि बढेको बताए। 

    माओवादी भन्छ : प्रस्ताव पारित हुन्छ
    माओवादी केन्द्रकां ससदीय दलका नेता कुलप्रसाद केसीले यही अवस्थामा पनि अविश्वासको प्रस्ताव पास हुने विश्वास व्यक्त गरे। 

    उनी भन्छन, ‘यो अवस्था आउँछ र जसपाका केही सांसदहरु सरकारमा जानुहुन्छ भन्ने पूर्व जानकारी थियो, यसो हुँदा पनि अविश्वासको प्रस्तावकै पक्षमा मत धेरै हुनेछ, केही दिन प्रतीक्षा गरौँ अविश्वासको प्रस्ताव पास हुनेछ र अर्को सरकार बन्नेछ।’

    सरकारका प्रवक्ता बैजनाथ चौधरीले अविश्वासको प्रस्तावको सामना गर्ने र सरकारलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे। लुम्बिनी प्रदेशमा ८७ सांसदमध्ये २ जना माओवादी सांसदले दलत्याग गरेपछि पार्टी कारबाहीका कारण २ सांसदको पद रिक्त छ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij