२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

टुगा आस्था विकास सहकारीको सातौं वार्षिक साधारण सभा सुरु

बुधवार , आश्विन २२, २०८२

  • 979
    Shares
  • 979
    Shares
  • भैरहवा, २२ असोज । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.ओमसतिया–१, रुपन्देहीको सातौं वार्षिक साधारण सभा–२०८२ सुरु भएको छ । साधारण सभा अन्तर्गत बुधबार केन्द्रीय कार्यालय, एकाई बैठक ओमसतिया गाउँपालिका–१ स्थित ठुटीपीपलमा सम्पन्न भएको छ ।

    सहकारीका अध्यक्ष डी.बी. थापाले बिहीबार (भोली) कोटिहवा सेवा केन्द्र र भैरहवा वितरण केन्द्रमा साधारण सभा हुने बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कार्यालय (ठुटीपीपल) बाट १८, टुगा सेवा केन्द्र, कोटिहवाबाट १९ र भैरहवा सेवा केन्द्र, भैरहवाबाट ३ गरी ४० जना निर्णय प्रमाणित प्रतिनिधि चयन हुनेछन् । असोज २५ गते निर्णय प्रमाणित साधारण सभा हुने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    बुधबार आयोजित कार्यक्रममा प्रमुख वक्ता लुम्बिनी विशिष्टिकृत सहकारी संघ लि.का पूर्व सञ्चालक ध्रुव कुमार धितालले सहकारीले संस्थाले समुदायसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रविधिको भरपूर उपयोग गर्न आग्रह गर्नुभयो । ‘सञ्चालक समितिले आर्थिक पारदर्शीतालाई ध्यान दिनुपर्छ, उत्पादनमूलक र शेयर सदस्य सहभागीतामूलक कार्यक्रममा जोड दिनुपर्छ, ’उहाँले भन्नुभयो । उहाँले सहकारी संस्थामाथि धेरै कुरामा अकुंश लगाइएकाले सचेत हुनुपर्ने बताउनुभयो ।

    सञ्चालक समितिकोतर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा असहज परिस्थितिमा पनि ९० करोड पूँजी पुर्याएको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको रुपन्देही जिल्लाभरी कार्यक्षेत्र रहेको बताउनुभयो । उहाँले गत आर्थिक वर्ष मसान्तसम्म ७ हजार १ सय ७८ जना शेयर सदस्य संस्थाको संस्थागत पहिलो स्वार्थ भनेको सदस्यको शेयर र बचत सुरक्षित राख्नु, सुरक्षित परिचालन गर्नु र मुनासिब प्रतिफल दिनु नै रहेको बताउनुभयो ।

    कार्यक्रममा संस्थाका सञ्चालक सचिव गोकुल पोखरेलले सचिवको वार्षिक प्रतिवेदन,  कोषाध्यक्ष शारदादेवी पौडेलले आर्थिक प्रतिवेदन २०८२ तथा प्रस्तावित बजेट २०८२/०८३ र लेखा संयोजक रतन बहादुर भण्डारीले लेखा सुपरीवेक्षण समिति संयोजकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सहकारीका अध्यक्ष डी.बी.थापाको अध्यक्षता, सञ्चालक सदस्य शशिकला गुरुङ्गको स्वागत तथा सचिव गोकुल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २०८१ सालमा सम्पन्न एसएलसी (कक्षा १२) मा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरी, असल बचतकर्ता र असल कारोबारी सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।