२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

जेन—जी आन्दोलन : क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुग्यो

बिहिवार , आश्विन २३, २०८२

  • 466
    Shares
  • 466
    Shares
  • काठमाडौं, २३ असोज । जेन—जी आन्दोलबाट क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

    हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधवारसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो ।

    नेपाल बीमा प्राधिकरणकाअनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबी परेको छ ।

    प्राधिकरणकाअनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधवारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।

    निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधवारसम्ममा २ हजार ७ सय ६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश भएको छ ।

    सरकारले पनि क्षतिको प्रारम्भिक आँकलन गरिसकेको छ । गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा देशभर करिव एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो ।

    आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण धेरै क्षति देखिएको छ । आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पतीमा मात्रै एक खर्ब रुपैयाँ बराबरको क्षति भएको केही दिनअघि अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुलमान घिसिङले जानकारी गराउनुभएको थियो ।

    निजी कम्पनीहरुले आफ्नो सम्पतीको बीमा गराउने गरेपनि सरकारी सम्पतीको खासै नहुँदा सरकारी सम्पती ठूलो मात्रमा गुमेको छ ।