
आइतवार , आश्विन २६, २०८२
भैरहवा, २६ असोज । समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया–१ रुपन्देहीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टंक प्रसाद भुसालको अध्यक्षतामा सम्पन्नसाधारण सभाले आगामी कार्यदिशा समेत सर्वसम्मतले पारित गरेको छ ।
सो अवसरमा बोल्दै अध्यक्ष भुसालले संस्थाको प्रगतिमा सबै सदस्यहरुले उत्तिकै महात र परिश्रम गरेकोले आज यो स्थानमा आउन सफल भएको बताउनुभयो । शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित सनलाइट स्कूलको प्रांगणमा साधारण सभा भएको हो ।
कार्यक्रमको संस्थाका संस्थापक अध्यक्ष नारायण प्रसाद घिमिरेले उद्घाटन गर्नुभएको सो सभामा संस्थाका अध्यक्ष टंक प्रसाद भुसालले आर्थिक वर्ष २०८१/०८२ को करिब १३ करोड बराबरको वार्षिक वासलात भएको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । अध्यक्ष भुसालले आगामी आ.व. २०८२÷०८३ को लागि प्रस्तावित वार्षिक बजेट तथा कार्य योजना प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष घिमिरेले संस्थाले छोटो समयमै सदस्यको भावना बुझेर सशक्त रुपमा कार्यसम्पादन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सदस्यहरुलाई ढुक्क रही कारोबार गर्न सुझाव दिनुभयो । उहाँले यो सहकारी डुब्छ कि भन्नुपर्ने अवस्था समानताको नरहेकोले यो हाम्रो परिवार जस्तै भएकोले परिवारझै मायाले हुर्काउनुपर्ने बताउनुभयो ।
सो संस्थाको कार्यकारी प्रमुख सबिता सिंह मल्लले ग्रामीण भेगमा रहेर संस्थाले सदस्यहरुलाई आत्मनिर्भर गराउन सो संस्थाको ८ सय ४३ जना शेयर सदस्यहरुको सहकार्यमा संस्था अघि बढेको बताउनुभयो । संस्थाले विभिन्न विद्यालयहरुका कक्षा १२ मा ए प्लस ल्याउने २ जना छात्राहरुलाई नगदसहित दोसल्ला र सम्मान–पत्रले सम्मान गरेको थियो । त्यस्तै २ जना ज्येष्ठ सदस्यलाई समेत आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै सम्मान र उपहार प्रदान गरेको थियो । साधारण सभामा संस्थाका सल्लाहकारहरु चोलाकान्त बस्याल, लेखनाथ बस्याल लगायतले बोल्दै संस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।
साधारण सभामा गत आर्थिक वर्षको आयव्यय विवरण सचिव लिलाधर बस्यालले र लेखा प्रतिबेदन लेखा समिति सदस्य चुमकला बस्यालले गर्नुभएको थियो । कार्यसमिति सदस्य जानकी पन्थीको स्वागतबाट सुरु गरिएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष श्याम बस्यालले गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij