२०८२, आश्विन २८ गते

Oct 14 2025 | २०८२, आश्विन २८ गते

अब कसरी बनाउने लगानीको वातावरण ?

मंगलवार , आश्विन २८, २०८२

  • 349
    Shares
  • 349
    Shares
  • काठमाडौं, २८ असोज । गत भदौको अन्त्यतिर भएको जेन—जी आन्दोलनपछि मुलुकमा अस्थिरताको खतरा बढेको छ ।

    जेन—जी विद्रोहपछि प्रतिनिधि सभा विघटन, काँग्रेस–एमाले नेतृत्वको सरकार अपदस्त हुँदै पूर्वप्रधानन्यायधिश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार मुलुकमा बनेको छ ।

    तर काँग्रेस–एमाले अझैपनि चुनावका लागि तयार छैनन् र अहिलेको सरकार सिमित दायरामा रहनुपर्ने बाध्यता, जेन—जीहरुको आकंक्षा बढ्दै जाँदा मुलुकमा अस्थिरता बढ्ने खतरा बलियो बन्दै गएको जानकारहरुले बताएका छन् । 

    जेन—जी आन्दोलनपछि विकासित परिस्थीतिलाई नजिकबाट हेरेका विज्ञसँगै निजी क्षेत्रका प्रतिनिधिले मुलुकमा पछिल्लो समय अस्थीरता देखिएको र असुरक्षा बढ्दा लगानीको वातावरणमा बिगार्नुको साथै पुँजी पलायनको समेत खतरा रहेको उनीहरुले बताए ।

    उनीहरुकाअनुसार जेनजीले निजी क्षेत्रका सम्पत्तिमाथि आक्रमण गर्दा लगानीकर्तामा त्रास बढेको छ र तत्काल थप लगानी आउन छैन् । देश द्वन्द्वतर्फ अघि बढे पुँजी पलायनको समेत खतरा रहेको विज्ञको भनाइ छ ।

    अर्थविद् चन्द्रमणी अधिकारीले जेनजी आन्दोलनपछि मुलुकमा शान्ति सुरक्षा अमनचैन नरहेको बताउनु भयो । जसकारण स्वदेशी, विदेशी लगानी थप बढ्ने सम्भावना नरहेको उहाँले बताउनु भयो ।

    उहाँकाअनुसार शान्ति सुरक्षाकै कारण पर्यटकको संख्यामा कमी देखिन थालेको छ भने, होटलहरुमा आहिले बुकिङ रद्ध हुनु सकारात्मक होइन । मुलुकमा निकासी भइरहेको वस्तु पनि दिगो नरहेको र अस्थिरता बढिरहे मुलुकमा वैदेशिक मुद्राको सञ्चितिमा समेत समस्या आउने अधिकारीले बताउनु भयो । 

    अर्थविद् अधिकारीले भन्नुभयो–‘जेनजी आन्दोलनपछि देशमा अमनचैन छैन । त्यसले गर्दा मुलुकमा लगानी थप बढ्नसक्ने सम्भावना छैन । स्वदेशी विदेशी लगानी आउने सम्भावना छैन । पर्यटक आउने क्रम घटेर गएको छ । भएका होटलहरुको बुकिङ पनि रद्द भएका छन् । निकासी घटेर जान्छ । अहिले भएको निकासी स्वाविन र भटमास तेल दिगो होइन ।

    भारत सरकारको एउटा निर्णयले त्यो निकासी ठप्प हुनसक्छ । विदेश जानेले नेपालमा पैसा पठाउने सन्दर्भमा पनि नेपालमा शान्ती सुरक्षा राम्रो भएन, अनिश्चितता बढ्दै गए उनीहरुले आफ्नो परिवारका लागि पनि ढिलो पैसा पठाउन सक्छन् । जसले नेपालमा पैसा नपठाएपनि हुन्छ, उनीहरुले युरोप, अमेरिका, अष्टे«लियाबाट आउने पैसा उतै रोकिन सक्छ । त्यतिबेला हाम्रो वैदेशिक मुद्राको सञ्चिति घट्नसक्छ ।’

    राज्य संयम भएर अघि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

    यता, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले अब सघर्ष गर्नुभन्दा पनि जेनजी युवाहरु हाम्रै देशका हुन भनेर सबै पार्टी र अहिले बनेको सरकारले स्वीकारेर नयाँ परिवेशमा देशलाई लैजानसके मात्रै मुलुकमा लगानीको वातावरण बन्नसक्ने बताउनु भयो ।
    उहाँकाअनुसार शिक्षा, स्वास्थ्य, रोजगार, सुशासनको एजेण्डा लिएर जेन—जीले आन्दोलन गरेको र उनीहरुको माग बमोजिम अघि बढ्दै मुलुकमा शान्ति सुरक्षा अमनचैन हुनुपर्छ ।

    रोजगारका लागि उत्पादन बढाउनुपर्छ, आइटीको प्रवद्र्धन, पर्यटन, जलस्रोतको विकास गर्नुपर्छ । यसका लागि मुलुकमा निजी क्षेत्रले लगानी गर्न सक्ने वातावरण बन्नुपर्छ ।  उहाँकाअनुसार सरकारले दिने सेवा सर्वसुलभ हुन नसक्दा जेनजीहरु असन्तुष्ट बनेका छन् । त्यो सर्वसुलभ हुन जरुरी छ ।

    उपाध्यक्ष ढकालले भन्नुभयो– ‘युवाहरुलाई रोजगार दिने, आफ्ना सेवा सुविधा सहज रुपमा जनताले पाउने गरी व्यवस्थापन गर्ने, भ्रष्टाचारको कमी, सरकारी संयन्त्रबाट दिने सेवा जुन छ्, सर्वसुलभ हुनुपर्छ । जनताले बिनारोकतोक उपयोग गर्न पाउनुपर्छ । बिना झमेला सेवा पाउनुप¥यो  ।

    अहिले बनेको अन्तरीम सरकारले त्यसैमा काम गर्नुप¥यो । अब चुनावपछि आउने सरकारले पनि त्यही गतिमा काम गर्नुपर्छ र देशको आर्थिक विकासमा लाग्नुपर्छ । अर्कोकुरा अहिलेको निर्वाचन पद्धति पनि कमजोर छ । सरकारको संरचना ठूलो भयो । संघीय, प्रदेश सांसद्हरुको संख्या घटाउनुपर्छ । एउटै पार्टीले बहुमत ल्याउने वातावरण हुनुपर्छ ।

    कानूनहरुमा सुधारको जरुरी छ । संघर्ष गर्नुभन्दा पनि जेनजी युवाहरु हाम्रै देशका हुन् । उनीहरुको पिडा प्रष्ट देखिएको छ । यो देशकै पीडा हो । त्यसलाई सहर्ष सबै पार्टीले र अहिले बनेको सरकारले स्वीकारेर नयाँ परिवेशमा देशलाई लैजानसके हामीलाई लगानीको वातावरण बन्नसक्छ । रोजगारी सिर्जना गर्ने वातवरण बन्छ । जिडिपिको ग्रोथ र शिक्षा, स्वास्थ्यमा समेत सुधार आउँथ्यो ।’

    नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाह जेन—जी पुस्ताले मुलुकमा परिवर्तनसँगै सुशासन, विकास खोजेकाले सोहीअनुसार काम हुनुपर्ने बताउनुहुन्छ । उहाँकाअनुसार दैनिक दुई हजारदेखि २५ सय युवायुवतीहरु भविष्य खोज्दै विदेश जानुपर्ने बाध्यता छ । देशभित्र सम्भावनाको बाटो नदेखेर उनीहरु विदेश जानु राम्रो हुँदै होइन ।

    अध्यक्ष शाहले भन्नुभयो– ‘दैनिक दुई हजारदेखि २५ सय भाईबहिनीहरु भविष्य खोज्दै विदेश जानुभएको छ । यो राम्रो हुँदैहोइन । अब परिवर्तन जरुरी छ । नीति नियम, पूर्वाधारका कुराहरुमा आमूल परिर्वतन हुन जरुरी छ ।

    त्यो काम गर्नलाई अन्तरिम सरकार पनि आइसकेको छ । जुन नेतृत्व दियो जेन—जी पुस्ताले परिवर्तनको जुन एजेण्डा छ त्यो परिपूर्ति गर्न सरकार अघि बढ्नुपर्छ । होटल, पर्यटन क्षेत्र के गर्न सकिन्छ सबै लाग्नुपर्छ । सरकारले गरेन भनेर अब हात बाधेर बस्नुहुँदैन ।’ 

    उहाँकाअनुसार ३५–४० पर्यटकलाई सेवा दिने क्षमता होटलहरुको छ । तर नेपालमा अहिले १२ लाख मात्रै पर्यटक आइरहेका छन् । अहिले काठमाडौं एयरपोर्टले मात्रै १२ लाख पर्यटक धानिरहेको छ । भैरहवा, पोखराको एयरपोर्टलाई प्रयोगमा ल्याएर थप पर्यटकसँगै आर्थिक गतिविधि चलायमान बनाउन सरकार लाग्नुपर्ने उहाँको भनाई छ ।