
मंगलवार , आश्विन २८, २०८२
काठमाडौं, २८ असोज । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट पार्टीको नेतृत्व छोडने दोहो¥याउनुभएको छ ।
जेन—जी आन्दोलनपछि मंगलबार पहिलो पटक सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकलाई लिखित सम्बोधन गर्दै हाल पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै १५ औं महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा नरहने स्पष्ट पार्नुभएको हो ।
सभापति देउवाले घरमा सधैं एकै जना मुली नरहने दृष्टान्त पेश गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा सभापति देउवाले आफूले यसअघि नै १५ आंै महाधिवेशनबाट पार्टीको नेतृत्वमा नरहने कुरा भनिसकेको स्मरण गराउँदै अब नयाँ नेताले पार्टी सभापतिको जिम्मेवारी लिनेमा कुनै द्विविधा नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पार्टीको आन्तरिक जीवन आगामी १५ औ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवाल उठेका छन् । म साथीहरुलाई के आग्रह गर्न चाहन्छ भने–घरमा सधैं एकै जना मुली रहँदैन । पार्टीमा पनि हमेसा एकै जना सभापति रही रहँदैन ।
जहासम्म मेरो विषय छ । मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५ औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन ।’
सभापति देउवाले पार्टीको वैधानिक व्यवस्थाले पनि १५ औ महाधिवेशनबाट नेतृत्व रहने नदिने समेत बताउनु भयो । सोही अवसरमा देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij