
मंगलवार , आश्विन २८, २०८२
काठमाडौं, २८ असोज । तिहार (धनतेरस)लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) विक्री वितरण शुरु गरेको छ ।
धनतरेसलक्षित राष्ट्र बैंकले चार प्रकारका सिक्का विक्री वितरण शुरु गरेको हो । तर यो वर्ष सुनका असर्फी भने विक्री नगरिने राष्ट्र बैंकले जनाएको छ । मेडालियन विक्री वितरण शुरु भएसँगै नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा सिक्का किन्नेहरुको भीड लागेको छ ।
महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ कै दरले वितरण गरिने भएको छ ।
महाखाशाका अनुसार प्रतिव्यक्ति १-१ वटा मात्रै वितरण गरिनेछ । खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर आउन महाशाखाको अनुरोध छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij