
मंगलवार , आश्विन २८, २०८२
काठमाडौं, २८ असोज । महानायक राजेश हमाल र नीति शाह अभिनित म्युजिक भिडियोको छायांकन शुरु भएको छ ।
मंगलवार काठमाडौंको वसन्तपुरमा गीतको भिडियो छायांकन शुरु गरिएको हो । छायांकनका क्रममा अभिनेत्री शाह, भारतीय अभिनेता राजीव पिल्लर सहभागी हुनुहुन्थ्यो ।
गीत पनि भारतीय अभिनेता राजीव पिल्लरको रहेको अभिनेत्री शाहले बताउनु भयो । गीत नेपाल–भारत मित्रताको बारेमा रहेको अभिनेत्री शाहले जानकारी दिनुभयो । इण्डो–नेपाल फ्रेण्डसिप म्युजिक भिडियोका सुटिङ गरिरहेको उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij