
बुधवार , आश्विन २९, २०८२
काठमाडौं, २९ असोज । मधेस प्रदेशका कामचलाउ मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंह नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा सनाखत हुनुभएको छ ।
मधेसमा नयाँ सरकार गठनका लागि प्रक्रिया चलिरहेको समयमा सिंहले जनमत पार्टीबाट अलग भई नयाँ राजनीतिक यात्राको शुरुवात गर्नुभएको हो । बुधवार मधेस प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि पुगेका बेला जनमत पार्टीका कार्यकर्ताहरूले उनलाई रोक्ने प्रयास गरेका थिए ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत पक्षका कार्यकर्ताहरू झाडु र लट्ठी लिएर उपस्थित हुँदै सिंहको सनाखत रोकेर विरोध प्रदर्शन गरेका थिए । यस क्रममा सिंह पक्ष र राउत पक्षका कार्यकर्ताबीच केही समय तनावपूर्ण झडप समेत भएको छ ।
मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री त्रिभूवन साहले पनि जनस्वराज पार्टीमा सनाखत गर्नुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij