२०८२, आश्विन ३० गते

Oct 16 2025 | २०८२, आश्विन ३० गते

थप सुविधा दिएर भएपनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

बिहिवार , आश्विन ३०, २०८२

  • 445
    Shares
  • 445
    Shares
  • काठमाडौं, ३० असोज । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई कर्मचारीहरूलाई सुविधाजनक काममा लगाएर भएपनि सेवा निरन्तर राख्न निर्देशन दिनुभएको छ ।

    बिहीवार क्यान बोर्डसँगको छलफल प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको क्यानकी बोर्ड सदस्य रोशन चित्रकारले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा जिल्ला अदालत काठमाडौंको भवनमा आगलागी भएको कारण कठिनाई भएको भन्दै बबरमहलस्थित प्राधिकरणको कार्यालयबाट सेवा सञ्चालन गर्नेबारे पनि छलफल भएको छ । 

    उहाँले भन्नुभयो, ‘आजको बैठकमा समसामयिक घटनाक्रमको बारेमा छलफल भएको हो । आजको बोर्ड बैठकमा यो समयमा कर्मचारीले कसरी काम गर्ने ? कसले कहाँ कसरी मिलेर काम गर्न सकिन्छ भन्नेबारे नै छलफल भएको हो ।

    सम्माननीय प्रधानमन्त्रीज्युले कर्मचारीलाई पायक पर्ने काममा लगाएर भएपनि काम गर्ने कुरामा निर्देशन दिनुभएको छ । काम बन्द नगर्न भन्नुभएको छ । अदालत भवन जलेर गाह्रो भएको कारण प्राधिकरणको पछाडिको ठाउँबाट काम गर्ने विषयमा पनि छलफल भयो ।’

    अन्य विमानस्थलहरु सञ्चालन गर्नेबारे छलफल नभएको चित्रकारको भनाइ छ ।