
बिहिवार , आश्विन ३०, २०८२
काठमाडौं, ३० असोज । मधेस प्रदेशका चौथो मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेसंँगै नव नियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहणसँगै उहाँले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै जनताको भावनालाई कदर गर्ने काम पहिलो प्राथमिकतामा राखिने बताउनु भयो ।
उहाँले बाँकी निर्णयहरु मन्त्री परिषद्बाट हुने र जानकारी गराइने बताउँदै तत्काल जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो सिएमलाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर भएको बताउनु भयो ।
मुख्यमन्त्री सोनलले आफ्ना नवनियुक्त मन्त्रीहरुसहित जनकपुरधामको मुजेलियास्थित शहीद गेट पुगेर शहीदहरुप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
यस सरकारमा कुनैपनि किसिमको अन्यौलता, हेलचक्राई र लापरवाहि नहुने समेत बताउनु भयो । जनताको भावनाको कदर, सुशासन र विकासमा अग्रसरता लिने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij