२०८२, कार्तिक १ गते

Oct 18 2025 | २०८२, कार्तिक १ गते

विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल गर्नु हुँदैन : मन्त्री खरेल

शुक्रवार , आश्विन ३१, २०८२

  • 505
    Shares
  • 505
    Shares
  • काठमाडौं, ३१ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल नहुने बताउनुभएको छ ।

    मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुले राख्नुभएका जिज्ञासको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार विधि र कानूनसम्मत ढंगले अघि बढ्न तयार रहेको बताउनु भयो ।

    वर्तमान सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्नु रहेको जिकिर गर्नुभयो । सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । वर्तमान सरकार जेन जी जनआन्दोलनको जगमा बनेको नागरिक सरकार भएको दाबी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘नेपाल सरकार जे जति राज्यका संयन्त्रहरु छन् । ति संयन्त्रहरुमार्फत विधिसम्मत, कानूनसम्मत ढंगले व्यवहारिक ढंगले जे जसरी अघि बढ्नुपर्छ त्यसमा अघि बढ्छ ।

    यो सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्ने एउटा महत्वपूर्ण प्राथमिकता हो । सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्छ ।

    विधिको शासन कायम गर्ने कुरामा यो वा त्यो बहानामा आलटाल हुँदैन । विधिसम्मत ढंगले जे गर्नुपर्छ हामी गर्छौं । यो सरकार जेन जी जनआन्दोलनको जगमा बनेको जनताको नागरिक सरकार हो ।’

    मन्त्री खरेलले वर्तमान सरकार सबै राजनीतिक दलहरुको सरकार रहेको बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्टिय समर्थन प्राप्त सरकार भएको जिकिर गर्नुभयो ।