२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

असंवैधानिक तवरले बनेको सरकारको निर्वाचन गर्ने कुनै चाहना छैन : ओली

शनिवार , कार्तिक १, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प नभएको बताउनुभएको छ । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले असंवैधानिक तवरले बनेको सरकारको निर्वाचन गर्ने कुनै चाहना नभएको भन्दै देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प नभएको बताउनुभएको हो ।

    फागुन २१ गते निर्वाचनको मिति तोक्न अनि राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने कामले तोकिएको समयमा निर्वाचन हुनै नसक्ने उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारलाई संविधानले समेत नचिन्ने भन्दै अहिले क्रान्ति नभइ प्रतिक्रान्ति भएकाले देशलाई हिंसा अराजकतामा धकेलेको तर्क गर्नुभयो ।

    अहिले देशमा भएको प्रतिगमनलाई सच्याउनका लागि पनि प्रतिनिधि सभाको अविलम्व पुनस्र्थापना हुनुपर्ने उहाँको भनाइ छ । उहाले संवैधानिक जग नभएको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्ने कल्पना बाहिरको कुरा भएको उल्लेख गर्नुभयो । 

    अध्यक्ष ओलीले आफुलाई उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोकेर देखाउन चुनौति दिनुभयो । ओलीले तिहारमा औंसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिने बताउँदै अहिले देशमा छाएको अँध्यारोलाई पनि उज्यालो बालेर चिर्नुपर्ने बताउनुभयो ।