२०८२, कार्तिक २ गते

Oct 19 2025 | २०८२, कार्तिक २ गते

मैले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको भनेर दाहालले झुट बोले : ओली

आइतवार , कार्तिक २, २०८२

  • 343
    Shares
  • 343
    Shares
  • काठमाडौं, २ कार्तिक । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताउनुभएको छ ।

    आईतवार सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले आफूले गर्दै नगरेको काम ग¥यो भनेर दाहालले झुट बोलेको प्रष्टयाउनुभएको हो ।

    अध्यक्ष ओलीले राष्ट्रपतिको आग्रहमा गरेको सिफारिस प्रधानमन्त्रीमा कसैको नाम सिफारिस नगरेको पनि बताउनु भयो । अध्यक्ष ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेका भए प्रणाण देखाउन पनि दाहाललाई चुनौति दिनुभयो ।

    उहाँले भन्नुभयो,‘यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन । अस्ती फेरि प्रचण्डजीले भयानक झुट बोल्नुभयो । केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो भनेर ।’

    उहाँले वर्तमान सरकार असंवैधानिक रहेको पनि दोहो¥याउनु भयो ।