२०८२, कार्तिक २ गते

Oct 19 2025 | २०८२, कार्तिक २ गते

म देश र जनताप्रति बफदार छु, कसैलाई मन पर्नु/नपर्नु व्यक्तिगत कुरा हो : ओली

आइतवार , कार्तिक २, २०८२

  • 283
    Shares
  • 283
    Shares
  • काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताउनुभएको छ ।

    जेन—जी आन्दोलनपछि पहिलो पटक आईतवार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गर्दै त्यसप्रति मन पर्नु वा नपर्नु व्यक्तिको रोजाईको विषय भएको पनि बताउनु भयो । 

    उहाँले भन्नुभयो,‘देश अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’

    अध्यक्ष ओलीले आफू सत्यको पक्षमा लागि परेको र लागि रहने बताउनु भयो ।